तीनबुँदेमा प्रतिबद्ध छौँ, कुतर्क गर्न जरूरी छैन : विप्लव

२१ फाल्गुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसित भएको तीनबुँदे सहमति पालन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षरपछि बोल्दै विप्लवले सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गरे ।

“तीनबुँदेमा प्रतिबद्ध छौँ । पालना गर्छौँ । कोहीबाट पनि आशंका, उत्तेजना र कुतर्क गर्न जरूरी छैन । यो अगाडि पनि हाम्रो कुरा भएको थियो, प्रधानमन्त्रीसँग ।

जनतासँग श्रममा उभिएर देश बनाऔँ भनेर भनेका थियौँ,” उनले भने ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment