कांग्रेस प्रधानमन्त्री फेर्न तयार, बोलायो संसदीय दलको बैठक

२१ फाल्गुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

फागुन २१ गते दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक आह्वान गरिएको एक नेताले जानकारी दिए । प्रतिनिधिसभा पुनःस्थापनापछि प्रस्तुत हुने विषयमा निर्णय गर्न उक्त बैठक बोलाइएको हो ।

विभाजित नेकपाका दुवै पक्षले कांग्रेसलाई सत्ता सहकार्यका लागि प्रस्तावव गरेका छन् । तर, कांग्रेसले कुनै निर्णय लिएको छैन । उपत्यका बाहिर कार्यक्रममा भएका नेता तथा संसद काठमाडौं आउने क्रमजारी रहेकाे एक नेताले जानकारी दिए।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment