सुनको मूल्य घट्यो

२० फागुन, काठमाडौं नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बुधबार सुनको मूल्य तोलामा ८७ हजार पाँच सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको हो ।

बुधबार सुनको मूल्य तोलामा पाँच सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८६ हजार पाँच सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८६ हजार ५० सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदीको मूल्य तोलामा १३१५ मा कारोबार भएकोमा आज घटेर तोलामा १२८५ कायम भएको महासंघले जनाएको छ ।

तस्विर सौजन्य : नेपाल सुनचाँदी व्यावसायी महासंघ



मल्टिमिडिया ग्यालरी

digitalkhabar
Comments (0)
Add Comment