आज सुन तोलामा १७ सय रुपैयाँले घट्यो

१८ फागुन, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायम रहेको छ । हिजो सोमबार ४ सय रुपैयाले बढेको सुन आज घटेको छ ।

सोमबार सुनको मूल्य तोलामा ८८ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा १७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८७ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८६ हजार ५५० सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदीको मूल्य तोलामा १३ सय ३० रुपैयाँमा कारोबार भएकोमा आज घटेर तोलामा १२ सय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

आजको बजार मूल्य : स्रोत नेपाल सुनचाँदी महासंघ



मल्टिमिडिया ग्यालरी

digital khabarGoldgold marketnepali market
Comments (0)
Add Comment