भरतपुरमा तीनवटा सवारी ठाेकिदा नौजना घाइते

१८ फागुन, चितवन । चितवनको भरतपुर महानगरपालिका–१, भतेरी जंगलमा माइक्रोबसले एउटा कार र दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा नौजना घाइते भएका छन् ।

मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा२ख ७९६७ नम्बरको माइक्रोले मुग्लिनतर्फ जाँदै गरेको बा२च २८२४ नम्बरको कार तथा ना१७प ४०१२ र ना२७प ७०८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नौजना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि भरतपुर पठाइएको छ ।

दुर्घटनामा परेका चारवटै सवारी–साधन तथा माइक्रोबसका चालकलाई नियन्त्रणमा लिइएको छ । आज बिहान पौने ११ बजे माइक्रोबस अनियन्त्रित हुँदा अन्य तीनवटा सवारीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment