उर्लाबारी घटनामा थप एक पक्राउ

१८ फाल्गुन, मोरङ । मोरङको उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बाँस्तोला मृत्यु प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

प्रहरीले धरानबाट १९ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

उर्लाबारी-५ का प्रवीणको गत पुस ५ मा शङ्कास्पद अवस्थामा मृत्यु भएको थियो। प्रवीणको हत्या आरोपमा ६ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो। त्यसमध्ये सुदीप परियार पक्राउ परेका हुन्।

यसअघि पक्राउ परेका मोरङका रतुवामाई- १० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई गत बिहीबार मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

उर्लाबारी-९ का ३४ वर्षीय कुमार राईलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको थियो।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment