राष्ट्रपतिद्वारा उद्घाटन कार्यक्रममा कराेडाैकाे हिनामिना “अख्तियारमा पर्‍याे उजुरी”

१८ फाल्गुन, सिन्धुपाल्चोक (मेलम्ची) २०७५ सालमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको जलवायु सम्मेलनको हिसाव किताब अझै प्रष्ट नपारिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

२०७७ फागुन १४ गते गरिएको उजुरीको दर्ता नम्बर c- ०२५४८० रहेको छ । समन्वय समितिको अनियमितता र जयवायु सम्मेलनको हिसावकितावको फरक फरक उजुरी रहेको पाइएकाे हाे । जलवायु सम्मेलनको सहआयोजक मध्ये एक संस्था र समन्वय समितिका कर्मचारीले भिन्ना-भिन्नै उजुरी दर्ता गराईएको स्राेतकाे दाबि छ ।

जिल्ला समन्वय सिन्धुपाल्चोकको आयोजनामा मेलम्ची नगरपालिकाको गुफाडाँडामा आयोजना गरेको सो सम्मेलनको हिसाव अझै सार्वजनिक गरिएको छैन ।

बिभिन्न संघसंस्था सहआयोजक रहेको सम्मलेनमा करोडौं रुपैयाँ अनियमितता भएको उल्लेख गरिएको छ ।

देशभरका जिल्ला समन्वयका प्रमुखहरुको सहभागिता रहेको सम्मेलनमा प्रत्येक जिल्ला समन्वय समिति बाट रकम संकलन पनि गरिएको थियो । स्थानीय सहआयोजकले पनि लाखौं रुपैयाँ आयोजकलाई दिएका थिए ।

जिल्लाका क्रसर व्यवासायीद्वरा लाखौं रुपैयाँ सहयोग गरेका कुरा बाहिर निष्किए पछि याे घटना बाहिरीएकाे स्राेतकाे दाबि छ। जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ्ग संयोजक रहेको सम्मेलनको आर्थिक व्यवस्थापन पनि उनी आफैले जिम्मा लिएका थिए ।

अख्तियारमा परेकाे उजुरी पत्र

कार्यक्रम सम्पन्न भए लगत्तै हिसाव मागे पनि सार्वजनिक नगरेको सह-आयोजक मध्येको एक संस्थाले जानकारी दिएको छ । उक्त सम्मेलनका नाममा जिल्लाका विभिन्न सरकारी निकायहरुलाई रकम जम्मा गर्न लगाई उक्त रकम व्यक्तिगत घर निर्माणमा प्रयोग गरेको उनीमाथि आरोप लागेको छ । यस प्रकारका सम्पूर्ण आम्दानी तथा श्रोतको दुरुपयोग गरी जम्मा गरेको रकम समेत विगोमा कायम गरी जरिवाना असुल्न पनि उजुरीमा अनुरोध गरिएको छ ।

कुनै रोजगार नभएका प्रमुख तामाङ्गले भर्खरैमात्र संघीय राजधानीमा भब्य महल पनि खरिद गरेको कारण त्यसको पनि छानविन गर्न पनि उजुरीमा माग गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment