घर जग्गा सम्बन्धी र चेक अनादरमा कयौं मुद्दा खेपेर फरारको सूचीमा रहेका पौडेल पक्राउ

१७ फाल्गुन, काठमाडाैं । ऋणीको घर जग्गा सस्तोमा लिने र बैंकमा अस्वाभाविक मूल्यमा धितो राखी बाउन्स चेक भिडाएर ठगी गर्दै आएका पौडेललाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार साँझ पक्राउ गरेको हो । 

घर जग्गा सम्बन्धी र चेक अनादरमा कयौं मुद्दा खेपेर फरारको सूचीमा रहेका पौडेल पक्राउ भने वैदेशिक रोजगार ठगी प्रकरणमा परेका छन् ।

२०६३ मंसिर २८ गतेका दिन पौडेलले मधुसुदन बस्नेत नामका व्यक्तिसँग मिलेर आफूलाई सिंगापुर पठाई दिन्छु भन्दै ४ लाख ५० हजार लिएर ठगी गरेको भन्दै काभ्रेका भोलाप्रसाद सेढाईंले बैदेशिक रोजगार विभागमा मुद्दा हालेका थिए । 

‘२०६३ माघ २६ गतेका दिन चलानी नम्बर १४०६७ कायम भएको सिंगापुर जाने स्वीकृति पाएको र फागुन ५ गते उक्त देश जान भनी हिँडेकोमा उक्त स्वीकृति किर्ते भएको भन्दै मेरो राहदानी नै जफत गरिएकोले निजसँग कुरा गर्दा ६ महिना पछि रकम तिर्छु भनी कागज गरेको तर रकम नदिई मलाई वैदेशिक ठगी गरेकोले मैले तिरेको कुल रकममा पचास प्रतिशत क्षतिपूर्ति सहित हुन आउने ६ लाख ७५ हजार दिलाई भराई पाउँ’ भन्दै सेढाईंले जाहेरीमा उल्लेख गरेका थिए । पौडेल र बस्नेतले चार वर्षपछि २०६७ असोज ११ गते जाहेरी दिएका थिए ।  

वैदेशिक रोजगार न्यायाधिकरणका अध्यक्ष मिरा खड्का, सदस्यद्वय अग्निप्रसाद थपलिया र रवि शर्मा अर्यालको संयुक्त इजलासले पौडेललाई डेढ वर्ष कैद र २५ हजार जरिवाना हुने ठहर सहितको फैसला सुनाएको थियो ।

२०६८ माघ १७ गते उक्त फैसला आएयता पौडेल लुकीछिपी घरजग्गाको कारोबारमा संलग्न रहँदै आएका थिए ।

काठमाडौं, चितवन र हेटौंडामा बढी धन्दा क्षेत्र बनाएका पौडेल विरुद्ध दर्जनौं मुद्दा छन् । महानगरीय अपराध महाशाखा श्रोतले पौडेल पक्राउ सम्बन्धमा आजै सार्वजनिक गर्ने जानकारी दिएको छ । 

स्मरण रहोस्, पौडेल र उनकी श्रीमती भूमादेवी पौडेललाई बिचौलिया बनाएर घरजग्गा कारोबारमा लगानी गरेपछि काराेवार धरासायी बन्दै गएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment