प्रहरी प्रभाग साँखु प्रहरीद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

१७ फागुन, साँखु काठमाडौं । साँखु स्थित सञ्चालन भएको श्री माधवनारायण स्वस्थानी ब्रत तथा सालिनादी मेला सकिएसंगै यस ठाँउमा भएको फोहोरमैला व्यवस्थापनको लागि प्रहरी प्रभाग साँखु प्रहरीद्वारा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

यहि माघ १५ बाट सुरु भएको यस मेलामा करिव १० लाख भक्तजनहरुले दर्शन गरी शान्तिपूर्णरुपमा मेला सम्पन्न भएको प्रहरी प्रभाग साँखु प्रमुख जानुका देवि खरेलले जानकारी दिनुभयो ।

उक्त सरसफाइ कार्यक्रम आज विहान सात बजे सम्पन्न भएको हो । कार्यक्रमा नेपाल प्रहरी साँखु प्रभागको लगायत साँखु जेशीश, श्री माधबनारायण स्वस्थानि मेला समितिका पदाधिकारीहरू र समुदाय-प्रहरी साझेदारीको समेतको आयोजनामा प्रहरी प्रभाग साँखु, सामुदायीक सेवा केन्द्र साँखु, महानगरिय ट्राफिक प्रहरी प्रभाग साँखु, र विभिन्न महिला समुह, बिद्यालयका शिक्षक, बिद्यार्थीहरु सहभागि जनाएको छन् ।

उक्त कार्यक्रममा करिव १०० जनाको उपस्थितिमा विहान २ घन्टा सरसफाइ भएको थियो ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment