धेरै बच्चा जन्माएपछि १ करोड ८१ लाख जरिवाना ताेक्याे

 १७ फागुन, काठमाडौं । चीनमा एक दाम्पतीले सात बच्चा जन्माएपछि १ लाख ५५ हजार अमेरिकी डलड ( करिब १ कडोड ८१ लाख ७७ हजार रुपैयाँ) जरिवाना तिरेका छन् ।

साउथ चाइन मर्निङ पोस्टका अनुसार ३४ वर्षीया व्यापारी महिला ज्हाङ रोङरोङ र उनका ३९ वर्षीय श्रीमानको पाँच छोरा र दुई छोरी छन् ।

चीनमा दुईभन्दा बढी बच्चा जन्माउन नपाइने नीति छ । त्यो भन्दा बढी बच्चा जन्माएका कारण उनीहरूले ‘सामाजिक सहयोग रकम’ को नाममा जरिवाना तिरेका हुन् । उनीहरूले सरकारलाई रकम नतिरेको खण्डमा पाँच बच्चाले सरकारी परिचयपत्र नै नपाउने व्यवस्था छ ।

दक्षीण पूर्वी चीनमा ज्हाङको स्किनकेयर तथा ज्वेलरी र गार्मेन्टको दुई कम्पनी छन् । उनले साउथ चाइन मर्निङ पोस्टसँगको कुराकानीमा आफूलाई एक्लोपनदेखि दिक्क लागेपछि बच्चाको योजना बनाएको बताएकी छन् । श्रीमान बिजनेस ट्रिपको लागि बाहिर गइरहने र ठूला बच्चाहरू पढाइका लागि बाहिरै बस्ने भएकाले धेरै बच्चा जन्माएको उनको तर्क छ ।

अहिले उनको साथमा साना छोराछोरी साथमै हुन्छन् । सात बच्चाका बुवाआमा बनिसकेको यो जोडीले अब सन्तान नजन्माउने बताएको छ । आर्थिक सुरक्षाको विषयमा सोचेको साचेर मात्र आफूहरूले बच्चा जन्माएको ज्हाङको भनाइ छ ।

जनसंख्या अत्यधिक बढेपछि चीनमा १९७९ मा एउटा मात्र बच्चा जन्माउने पाउने नीति लागू गरिएको थियो । २०१५ मा नीतिलाई संशोधन गर्दै दुई बच्चा जन्माउने नीति बनाइयो ।

एक बच्चा मात्र जन्माउन पाउने चीन सरकारको नीतिका कारण चीनमा जन्मदर घटेपछि संशोधन गरिएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment