सिंहदरबारमा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक जारी

१७ फाल्गुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बैठक बसिरहेको हो । समसामयिक विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

संसद् पुनःस्थापनापछि नयाँ सरकारको तयारी छ । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले विपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग सत्तासाझेदारीको प्रस्ताव गरिसकेका छन् ।

तर, विपक्षी नेताहरुले भने नेकपा विभाजित भएको प्रष्ट नभएसम्म निर्णय नलिने बताएका छन् । यस्तो अवस्थामा आगामी रणनीतिका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment