सनराइज फस्टको सेयर बजारमा कति पुग्यो लगानी ?

१६ फाल्गुन, काठमाडौं । सनराइज फस्ट म्युचुअल फन्डले माघ मसान्तसम्म सूचीकृत कम्पनीको सेयरमा ७३ करोड ३० लाख ६६ हजार रुपैयाँ लगानी गरेको छ ।

१ महिनामा यसको सूचीकृत कम्पनीको सेयरमा लगानी १० करोड ११ रुपैयाँ बढेको हो । पुस सम्ममा यस फन्डले सूचीकृत सेयरमा ६३ करोड १९ लाख रुपैयाँ लगानी गरेको थियो । यसअवधिमा फन्डले ५० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

सबैभन्दा धेरै लगानी नबिल बैंकको सेयरमा रहेको छ ।

नबिलको ५४ हजार २६९ कित्ता सेयरमा ६ करोड ५८ लाख २८ हजार रुपैयाँ लगानी रहेको छ । माघ मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद मूल्य (न्याभ) ९७ पैसाले बढेर १५ रुपैयाँ ५ पैसा पुगेको छ ।

पुसमा यसको न्याभ १४ रुपैयाँ ८ पैसा थियो । यता पछिल्लो १ महिनामा फन्डको बैंक मौज्दात ४ करोड १९ लाख रुपैयाँले घटेर १७ करोड ४५ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो महिना यसको बैंक मौज्दातमा २१ करोड ६४ लाख रुपैयाँ रहेको थियो । 



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment