प्रचण्ड सर्वोच्च अदालतमा

१५ फाल्गुन, काठमाडौं । अदालतको अवहेलना मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनू’ भन्ने आदेशपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन् ।

उनी अवहेलना मुद्दामा जवाफ दिन केहीबेरअघि अदालत पुगेका हुन् । उनले लिखित जवाफ बुझाएर फर्कने बताइएको छ ।

अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न अध्यक्ष प्रचण्ड आज सर्वोच्च अदालतमा उपस्थित हुनुभएकाे हाे ।

प्रचण्डविरुद्ध अधिवक्ता समीर हायुले अवहेलना मुद्दा दर्ता गराएका थिए । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको आरोप छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment