आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

१५ फागुन, अछाम । आफ्नै आमा ६० वर्षीया कला बुढाको हत्या गरेको अभियोगमा साँफेबगर नगरपालिका-५ नवाठाना बस्ने ३८ वर्षीय जित बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जितले आमालाई मंगलबार बिहान घरमा कुटपिट गरेको र सोही कुटपिटका कारण बिहीबार दिउँसो मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अछाम र ईलाका प्रहरी कार्यालय साफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment