सस्तोमा अटो लोन खोज्नेको नयाँ गन्तव्य बन्दै नविल बैंक, ५ वर्षसम्म व्याजदर नबढ्ने

१५ फागुन, काठमाडौँ । नविल बैंकले ५ वर्षको परिवर्तन नहुने व्याजदरमा अटो लोन दिएर आक्रमक कर्जा विस्तार गर्ने योजना अगाडि सारेको छ । केहि दिनअघि कियाका गाडीमा ५ वर्षको लागि परिवर्तन नहुने ७.९९ प्रतिशत व्याजदरमा कर्जा दिन सम्झौँता गरेको बैंकले निसानसँग पनि नयाँ सम्झौँता गरेको हो ।

नविल अहिले आक्रमक कर्जा विस्तार योजनामा लागेको छ । उसलाई बजारमा अन्य बैंकहरुले कडा टक्कर दिने अवस्था सृजना भइसकेको छ । यस्तोमा बैंकले कर्जा लगानीलाई तिब्रता दिन सुरु गरेको हो ।

‘बैंकले अटो लोनमा निकै सम्भावना हिजोदेखि नै देख्दै आएको हो । अहिले हामी ७.९९ प्रतिशतमा ५ वर्षको लागि कर्जा दिइरहेका छौं । केहि कम्पनीसँग सम्झौँता नै गरेर अगाडि गएका छौं । तर, सम्झौँता नभएका ब्राण्डका गाडी किन्नेले पनि यहि व्याजदरमा कर्जा सुविधा पाउने छन्’, नविल बैंकका डिजिएम मनोज ज्ञवालीले भने ।

बैंकले कर्जाको लागि निवेदन दिँदा आवश्यक डकुमेन्ट पुरा भएको फाइल ४८ घन्टा भित्र सदर हुने जनाएको छ । निवेदन दिने ग्राहकले आफ्नो दुई कपी फोटो, नागरिकताको फोटोकपी, मासिक आम्दानी खुल्ने सर्टिफिकेट जस्ता कागजपत्र पेश गर्नु पर्ने हुन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment