निसान म्याग्नाइटभन्दा पनि कम मूल्यमा आउदै रेनो काइगर

१५ फागुन, काठमाडौँ । म्याग्नाइटभन्दा पनि कम मूल्यमा रेनो काइगर नेपाल आउने भएको छ । कम्पनीले एक महिना भित्रै काइगर नेपाल ल्याउनेगरि आधिकारीक वितरक कम्पनी एड्भान्स अटोमोवाइलले तयारी गरिरहेको छ ।

रेनोले काइगर नेपाल ल्याउने तयारीस्वरुप सोसल मिडियामा ‘कमीङ सुन’ भनेर विज्ञापनसमेत सुरु गरेको छ । सब फोर मिटर सेग्मेन्टमा रेनोले ल्याएको काइगर केहि दिनअघि मात्रै भारतमा सार्वजनिक भएको थियो ।

रेनोले १.० लिटर नेचुलर एस्पायर्ड र १.० लिटर टर्बो चार्ज्ड इन्जिन दिएर ल्याएको काइगरको सिधा प्रतिस्पर्धा निसान म्याग्नाइटसँग हुने छ । भारतमा निसान र रेनोका गाडी एउटै प्लान्टमा उत्पादन हुन्छन् भने यी दुबै गाडीको प्ल्याटफर्म समेत एउटै रहेको छ । यस्तोमा यी दुई बीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ ।

अहिले नेपालमा निसान म्याग्नाइटको सुरुवाती भेरियन्टको मूल्य २९ लाख ४९ हजार रुपैयाँ तोकेर नेपालमा विक्री सुरु भएको छ । भारतमा म्याग्नाइटको सुरुवाती मूल्य ५ लाख ४८ हजार रुपैयाँ रहेको छ । काइगरको सुरुवाती मूल्य भने ५ लाख ४५ हजार रुपैयाँ रहेको छ । यस्तोमा काइगरको नेपालमा मूल्य २८ लाख ५० हजार हाराहारीमा कायम भएर विक्री सुरु हुने अनुमान गर्न सकिन्छ ।

‘बजारमा उपलब्ध अन्य सब फोर मिटर एसयूभीको तुलनामा सबैभन्दा आक्रमक मूल्यमा काइगर नेपाल ल्याउने तयारी भइरहेको छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

यूरोपियन डिजाइन, क्वीड र टाइबरको सफलताबाट हौसिएको रेनोले काइगरलाई पनि निकै सार्प र स्लीकर डिजाइनमा बजारमा उतारेको छ । निकै आकर्षक देखिएको काइगर सब फोर मिटर सेग्मेन्टमा म्याग्नाइटको राम्रो प्रतिस्पर्धी हुने अनुमान गर्न सकिन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment