कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अप्रेसन सकियो : कम्तीमा चार दिन अस्पतालमा राख्नुपर्ने

१४ फाल्गुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । जोशीको पारिवारिक स्रोतका अनुसार गएराति अबेर जोशी घरमै बेहोस भएका थिए ।

जोशीलाई काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनलाई आईसीयूमा राखेर उपचार गरिरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । जोशीको पारिवारिक स्रोतका अनुसार गएराति अबेर जोशी घरमै बेहोस भएका थिए ।

जोशीलाई काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनलाई आईसीयूमा राखेर उपचार गरिरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

मस्तिष्कघात भएपछि उनको अप्रेसन गरिएको छ । दाजु राजुराज जोशीका अनुसार अप्रेसनपछि उनलाई अहिले आईसीयूमा सारिएको छ ।

डाक्टरले जोशीलाई कम्तीमा चार दिन अस्पतालमै राख्नुपर्ने बताएको राजुराजले जानकारी दिए । बिहीबार अबेर राति एक्कासि बेहोस भएका जोशीलाई शुक्रबार बिहान ५ बजे नै नर्भिक अस्पताल पुर्‍याइएको थियो ।

जोशीको मस्तिस्कमा थोरै रगत देखा परेकाले उनको तत्काल अप्रेसन गरिएको हो । चिकित्सकहरुले जोशीको मस्तिस्कघात धेरै जोखिमपूर्ण नभएको बताएको पारिवारिक स्रोतले बताएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment