प्रहरी निरिक्षक भाेज राज पाण्डेकाे इस्टिङ्ग अपरेशनकाे कमाल

दिनभर चक्रपथ चल्ने रातपरेपछि पृथ्वीराजमार्ग पुग्ने ‘रहस्यमयी’ बसकाे इस्टिङ्ग अपरेशन!

१४ फागुन, काठमाडौं । मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियानकाे सुरु गर्याे । नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप ‘प्रहरी मेरो साथी’को अवधारणामा समेटियाे ।

देशभरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियानको मुख्य उद्देश्य हो । समाजमा ‘प्रहरी मेरो साथी’ हो भन्ने भावना र सम्बन्धको विकास गरेर प्रहरी सङ्गठनको छविलाई गरिमामय तुल्याउनु अभियानको लक्ष्य लियाे।

नेपाल प्रहरी आफ्नाे खाेज र अनुशन्धानमा बेला- बेलामा चुक्ने गरेकाे घट्ना विवादले पुरै सङ्गठन नेपाल प्रहरीलाई खुल्ला चुनैति दिने गरेकाे छ। निर्मला पन्त प्रकरण‍, रबि लामिछाने प्रकरण‍, वर्तमान उर्वारीकाे, प्रकरण‍ले पनि नेपाल प्रहरी प्रति आम नागरीककाे आशा र भराेशा गुम्ने हाे कि भन्ने आशँका बढ्दाे छ।

राज्यको अवधारणा अनुरूप नागरिकको जिउ धनको सुरक्षा गर्न, शान्ति सुव्यवस्था कायम गर्न, मानव अधिकारको संरक्षण गर्न एवं जनकल्याणकारी सेवाहरू प्रदान गर्ने संागठनिक उदेश्य पूर्ति गर्न नेपाल प्रहरी सङ्गठन दायित्व हाे।

त्यस्तै केहि दिन अगाडि पृथ्वीराजमार्ग धादिङ्ग गजुरी इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक भाेज राज पाण्डे इस्टिङ्ग अपरेशनले नेपाल प्रहरी सङ्गठनलाई एक सफलता मिलेकाे छ।

कसरी सफल भए प्रहरी निरिक्षक भाेज राज पाण्डेकाे इस्टिङ्ग अपरेशन…

प्रहरी निरिक्षक भाेज राज पाण्डे

प्रसँग अलि फरक र नै छ । प्रहरी अनुसन्धानकै सिलसिलामा गएको कार्तिक ३ गते पृथ्वीराजमार्ग अन्तर्गत पर्ने गजुरी गाउँपालिकाको वडा नम्बर ६ स्थित घाटबेशीमा रातको समयमा रोकी राखेको एक सवारी साधनमा सवारी साधनमै आएका तीन व्यक्तिले चोरी गर्दै गरेको सीसीटीभी मा दृश्य कैद भएको देखियो ।

बा. २ ख ६१०६ नम्बरको बस दिनभर काठमाडौंको चक्रपथमा रुटमा चल्ने गर्थ्यो । दिनभर चक्रपथमा यात्रुलाई सेवा दिने यो बस जब साँझ पर्न थाल्थ्यो त्यसपछि एकाएक नागढुंगा हुँदै पृथ्वीराजमार्ग तर्फ लाग्थ्यो । रातभर पृथ्वीराजमार्गका विभिन्न स्थान पुगेपछि बिहान झिसमिसेमै बस पुनः काठमाडौं प्रवेश गर्थ्यो ।

गत मंसिर ९ गते घाटबेशीमै शंकास्पद गतिविधि भैरहेको स्थानीयले देखेपछि प्रहरीमा खबर पुग्यो ।तर उक्त दृश्यमा चोरी गरेको स्पष्ट भएपनि चोरी गर्ने व्यक्ति र गाडीको नम्बर पहिचान हुन नसकेपछि प्रहरी निरीक्षक भोजराज पाण्डेको कमाण्डमा प्रहरीले थप निगरानी अघि बढायो ।

रात परेपछि पृथ्वीराजमार्गमा जाने बस र यसका धनीसहितका व्यक्तिको बिस्तारै पोल खुल्न थाल्यो र उनीहरुले गर्ने करतुत विषयमा जनगुनासो प्रहरीमा आउन थाल्यो । त्यसपछि इलाका प्रहरी कार्यालय धादिङ गजुरीले गहन अनुसन्धान सुरु गर्‍यो । प्रहरी निरीक्षक भोजराज पाण्डेको कमाण्डमा प्रहरीले अनुसन्धान तीव्र पार्‍यो। त्यसपछि रहस्यमयी बस र यसका धनी रातारात पृथ्वीराजमार्गमा पुग्ने गरेको रहस्य खुल्यो ।

आखिर यो बस, बस धनी र अन्य व्यक्ति किन प्रहरी हिरासतमा पुगे त ?

यो क्रम निकै लामो समय चलिरह्यो । दिनभरी चक्रपथमा यात्रुलाई सेवा दिने र रातपरेपछि पृथ्वीराजमार्गमा पुग्ने रहस्यमयी बस यतिबेला भने प्रहरी हिरासतमा पुगेको छ । बस मात्रै नभएर बसका धनी रविन घलेसहित तीन व्यक्ति पनि यतिबेला प्रहरी हिरासतमै छन् ।

दिनभर चक्रपथ चल्ने यो बस रातपरेपछि पृथ्वीरामार्गमा चोरीका लागि पुग्दोरहेछ । चोरी गर्ने सामाग्री पनि गाडीकै पाटपुर्जा, डिजेल र पेट्रोल रहेछन् ।

रातपरेपछि पृथ्वीराजमार्गका विभिन्न स्थानमा पुग्ने र रोकी राखेका, बिग्रेका सवारी साधनबाट डिजेल, टायर, ब्याट्री र यात्रुका समान चोरी गर्न एक गिरोहले यो बसको प्रयोग गर्दोरहेछ । राजमार्ग छेउछाउमा यस्तोखाले चोरीका घटना बढ्न थालेपछि एक कान दुई कान हुदै प्रहरीसम्म यो घटना पुग्यो । पछिल्लो समय फरक प्रकृतिको चोरीका घटना हुन थालेपछि इलाका प्रहरी कार्यालय धादिङ, गजुरी थप चनाखो भयो । त्यसपछि शंकास्पद स्थलमा प्रहरीले निगरानी बढाउन थाल्यो ।

प्रहरी अनुसन्धानकै क्रम्मा गत मंसिर ९ गते घाटबेशीमै शंकास्पद गतिविधि भैरहेको स्थानीयले देखेपछि प्रहरीमा खबर पुग्यो । त्यसपछि प्रहरी घटनास्थलतर्फ लाग्यो तर प्रहरी पुग्नुअघि नै चोरी गर्ने व्यक्तिहरु बस लिएर फरार भए ।

पक्राउ हुन बाट जोगिन भाग्दै गरेको अवस्थामा थाक्रे गाउँपालिका २ सिम्ले भन्ने स्थानबाट बा २ ख ६१०६ नम्बरको बस र गाइघाट–९ उदयपुरका सद्धाम राइन पक्राउ परे । त्यसपछि खुल्यो पृथ्वीराजमार्गमा रातीराती पुग्ने बस र गिरोहको धन्दाको रहस्य । बस चालक राइनकै बयानका आधारमा प्रहरीले थप दुई जना पक्राउ गर्‍यो । पक्राउ पर्नेमा धादिङकै सिद्धलेक गाउँपालिका ६ का रविन घले र कमल घले रहेका छन् । पक्राउ पर्नेहरुलाई चोरी तथा डाका मुद्धामा पुरपक्षका लागि थुनामा राखिएको निरीक्षक पाण्डेको भनाइ छ ।

उनीहरुले चोरी गरेको सामान चोरी गर्न प्रयोग गर्ने गरेको बसमा नै प्रयोग गर्ने गरेको पाइएको प्रहरीले बतायो

पक्राउ परेका तीन जनाविरुद्ध चोरी तथा डाँका मुद्धामा सातदेखि दश वर्ष कैद सजायका माग दाबीसहित प्रहरीले मुद्धा चलाएको छ भने चोरीमा प्रयोग भएको बस पनि जफत हुने भएको छ । चोरीमा प्रयोग भएको बस काठमाडौंको एक सहकारीको नाममा रहेको र ऋणी रविन घले रहेका छन् ।

गत हप्ता मात्रै यसै प्रहरी कार्यलय गजुरीद्वारा ४वटा इस्काभेटर पक्राउ गरेकाे थियाे। पालिकाबाट अनुमति नलिइ बालुवाकाे ढिस्काे उत्खन्न गरेकाे अवश्थामा उक्त इस्काभेटरलाई नियन्त्रणमा लिएका थिए। उक्त इस्काभेटरलाई संबन्धित गाउपालिकामा कार्वाहीका लागि पठाइएकाे इलाका प्रहरी कार्यालयले जनाएकाे छ।

प्रहरी निरीक्षकका अनुसार यस क्षेत्रमा काम गर्न निकै चुनैती पूर्ण छ। राजधानी भित्रिने प्रमुखद्वार भएकाले पनि अन्य गतिविधिमा बढिनै छ।

यस क्षेत्रमा चुनैती र काम गर्नुकाे छुटै मजा छ। मेराे कार्यकालमा मैले धेरै अबैध बालुवाखानीकाे नियन्त्रण, लागुआैशतकाे नियन्त्रण, चेलीबेटी बेचविखनमा नियन्त्रण, यात्रुका समान चोरी गर्न गिरोह नियन्त्रण लगाएत थुपैं जन चेतना अभिमुखिकर्णका कामहरु भएका छन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment