अष्ट्रेलियामा सरकारले पारित गरेकाे कानून गुगल र फेसबुकले नेपाललाई पनि प्रभाव पार्न सक्ने

१४ फागुन, काठमाडौं । अष्ट्रेलियाको सरकारले समाचार प्रयोग गरेबापत गुगल र फेसबुकले प्रकाशकलाई शुल्क तिर्नुपर्ने प्रावधानसहितको कानून पारित गरेको छ । 

यो कानुन प्रस्ताव गरेदेखि नै अष्ट्रेलिया सरकारसँग गुगल र फेसबुकको टकराव सुरु भएको थियो । यही विवादबीच यसअघि फेसबुकले अष्ट्रेलियामा न्यूज फिडमाथि प्रतिबन्ध लगाएको थियो । अस्ट्रेलियाबाट र अस्ट्रेलिया ठेगाना भएका व्यक्तिलाई समाचार लिंक सेयर गर्न र हेर्न नमिल्ने बनाइदिएको थियो । अघिल्लो साताको बिहीबारदेखि लगाइएको सो प्रतिबन्ध मंगलबार फुकुवा भएको थियो । 

अस्ट्रेलिया सरकारले ठूला प्रविधि कम्पनी र समाचार उत्पादन गर्ने संस्थाबीच समाचार सामग्रीको मूल्यबारे ‘न्यायोचित’ संवाद होस् भन्ने आफ्नो कानूनको उद्देश्य भएको दाबी गरेको छ । अष्ट्रेलियाको यो कानूनलाई विश्वभर नै चासोपूर्वक हेरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment