नमस्ते ग्याँस सहित एक सय ९ वटा कम्पनिले कर नतिरेको खुलाशा (सुचिसहित)

१३ फागुन, काठमाडौं । आन्तरिक राजश्व कार्यालय कलंकीले कर नतिर्ने करदाताहरुको सुची सार्वजनिक गरेको छ ।

विहिबार एक दैनिक पत्रिकामा प्रकाशित सुचना अनुसार एक सय ९ वटा कम्पनि तथा फर्मले मुल्य अभिवृद्धि कर अर्थात भ्याट तथा आयकर नतिरेको पाइएको हो ।

सुचना प्रकाशित भएके १५ दिन भित्र कर बुझाउन कर कार्यालयले अल्टिमेटम दिएको छ ।

कर नबुझाउनेमा नेपाली कांग्रेसका पूर्व सांसद जयराम लामिछानेको समेत नाम छ । उनको स्वामित्व् रहेको सिआर फाइभ स्वच्छन्द जेभिले लामो समयदेखि आय कर तथा भ्याट नतिरेको सुचनामाउल्लेख छ । कवि क्षेत्रिको स्वामित्व रहेको नमस्ते ग्याँस उद्योगले पनि कर तथा भ्याट नतिरेको सुचनामा उल्लेख छ ।

निलकण्ठ नगरपालिका धादिङवेशी स्थित सिरान बजारमा रहेको धादिङ क्रिक रिसोर्टले पनि आयकर र भ्याट नतिरेको उल्लेख छ । सञ्चालक रामचन्द्र गिरीकै नाममा कर कार्यालयले सुचना छापेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment