प्रतिस्पर्धीभन्दा ७ लाख कम मूल्यको कारण निसान म्याग्नाइट चर्चामा

१२ फागुन, काठमाडौं । निसानको सब फोर मिटर एसयूभी म्याग्नाइट नेपालमा विक्री सुरु भएको छ । यो सेग्मेन्टका अन्य प्रतिस्पर्धीको तुलनामा यसको सुरुवाती मूल्य करिब ७ लाख रुपैयाँ कम रहेको कारण अहिले चर्चामा रहेको हो ।

त्यसोत निसान नेपालको लागि कुनै नौलो ब्राण्ड होइन । विगत ३७ वर्षदेखि नेपाली बजारमा निसानका कार विक्री हुँदै आएका छन् । जापानी उत्पादकका कार नेपाली बजारमा राम्रै संख्यामा गुडिरहेका छन् ।

कुनै समय कम्पनीले माइक्रा बेच्ने मूल्यमा अहिले म्याग्नाइट विक्री सुरु गरेको छ । यसले कम्पनीलाई कस्तो परिणाम दिन्छ, त्यो हेर्न भने केहि समय कुर्नु पर्ने हुन्छ । निसानले भारतमा उत्पादन गरेका माइक्रा, टेरानो, सन्नी र किक्सको तुलनामा म्याग्नाइटको चर्चा सर्वाधिक भएको छ भने, भारतमा सुरुवाती विक्री पनि म्याग्नाइटले सानदार गरेको छ ।

प्रतिस्पर्धी मारुती सुजुकी भिटारा ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन, फोर्ड इकोस्पोर्ट, किया सोनेट र महिन्द्रा एक्सयूभी ३०० को तुलनामा म्याग्नाइट मूल्य र केहि सेग्मेन्ट फर्ष्ट फिचर सहित आएको आधिकारीक विक्रेता पायोनियर मोटोकर्पले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment