नेपाल एयरलाइन्सका ‘कर्मचारीमाथि यौन आतंक

१२ फागुन, काठमाडौं । महिला कर्मचारीलाई कार्याकक्ष भित्रै अश्लिल हर्कत गर्ने नेपाल एयरलाइन्सका पूर्व अर्थ विभाग प्रमुख युवराज अधिकारी सञ्चालक समिति सदस्य बन्ने दौडधुपमा लागेको पाइएको छ ।

ईलामको सूर्योदय नगरपालिका ११ घर भई काठमाडौ गहनापोखरी बस्ने ५५ वर्षिय पुर्व निर्देशक अधिकारीले वर्षैं देखि यस्तो आतंक मच्चाउँदै आएका थिए । उनी हाल सेवा निवृत्त भएर बसेका छन् ।

अधिकारीले आफू नेपाल वायु सेवा निगमको अर्थ विभागमा कार्यरत रहँदा विभागीय प्रमुखले कार्यकक्षमै ढोका थुनेर महिला कर्मचारीको संवेदनशिल अंग छुने, प्रलोभन र डर धम्की देखाई एक्लै घुम्न लैजाने र यातना दिनेसम्मका मानसिक तनाव दिएको भन्दै महिला कर्मचारीहरुले सामुहिक उजुरी दिएका थिए ।

केपी ओली सरकारका संस्कृती पर्यटन तथा नागरीक उढ्ययन मन्त्री भानुभक्त ढकाललाई प्रभावमा पारेर निगमको संचालक समिति सदस्य बन्ने दौडमा अधिकारी लागि स्रोतले जनाएको छ ।

अधिकारीले महिला कर्मचारीलाई प्रलोभन र त्रास देखाएर यौन दुव्र्यहार गरेको भन्दै उनीहरुले सहन नसकेपछि नसकेपछि विभिन्न निकायमा उजुरी दिएका थिए ।
तत्कालिन महाप्रबन्धक सुगतरत्न कंशाकारको कार्यकक्षलाई उनीहरुले ८ पृष्ठको उजुरी बुझाएका थिए । उक्त उजुरीपत्र हेर्दा महानिर्देशक कंशाकार नै अचम्म परेका थिए । किनकी अधिकारीले विभागमै आतंक फैलाएको थाहा भएको थियो ।

फाेटाे स्राेतः दियाे पाेष्ट

त्यसमा अधिकारीले महिला कर्मचारीलाई आफ्नो कोठामा बोलाई वा फोन सम्पर्क गरी अनावस्यक दवाव सहित यौन दुव्र्यबहार प्रदर्शन गर्दै आईरहको उजुरीमा उल्लेख गरीएको थियो । पदोन्नती, विदेश स्थित स्टेशनमा काज र कथित राम्रो ठाउँमा सरुवा गरिदिने प्रलोभन देखाउने र अनावश्यक अपशव्दहरु प्रयोग गरी मानसिक रुपमा दवाव दिएकोले यसले त्रसित बनाई कार्यालयको काम नै गर्न नसकिने वातावरणको सिर्जना भएको उजुरीमा उल्लेख थियो ।

कर्मचारीलाई कार्यकक्षमा बोलाएर कार्यसम्पादन मूल्यांकनको अंक बताईदिने र व्यक्तिगत कार्य गराउनका लागि अनावस्यक दवाव दिई त्रसित पार्ने काम गरेको उजुरीमा उल्लेख गरिएको थियो ।

त्यस्तै प्रस्ताव ईन्कार गर्नेहरुलाई कार्या सम्पादन मुल्यांकनमा पछाडी पार्ने र जुनसुकै ठाउँमा पनि सरुवा गरीदिन्छु भन्दै धम्क्याउने, आफ्नो कार्यकक्षमा महिला कर्मचारीलाई ढोका थुनेर राखि बाहिर बोर्डमा व्यस्त देखाएर जिस्क्याउने वा गाडीमा राखेर बाहिर लैजाने पनि उजुरीमा उल्लेख गरिएको थियो । तात्कालिन निर्देशक पदको दुरुपयोग गर्दै अधिकारीले निर्देशकले भनेको पनि नमान्ने भन्दै धम्क्याउने उनले अरु कर्मचारीलाई पनि छड्के जाँचको नाममा तर्साउने र सताउने गर्दै आएको उजुरीमा उल्लेख गरिएको थियो ।

त्यतिमात्र होईन व्यक्तिगत कार्य गर्न राजि हुनेलाई मात्र सुविधा दिने र अन्यलाई प्रदाडित पार्ने तथा कर्मचारीबिच मनमुटाव सिर्जना गरी आफ्नो स्वार्थ पूर्तिगर्ने गरेको आरोप अधिकारी माथि थियो । महिला कर्मचारीले राष्ट्रिय महिला आयोगमा पनि उजुरी दर्ता गरेका थिए ।

  • उजुरीमा कार्यकक्षमा एकान्तमा बोलाउने ।
  • ‘आहा कति राम्री भएकी भन्दै संवेदनशिल अंग छुन खोज्ने र यौनिक क्रियाकलापको मनसायले कुरा गर्ने गरेको उजुरीमा उल्लेख गरिएको थियो ।

कार्यसम्पादन मूल्यांकन र राम्रो ठाउँमा सरुवा गरीदिने प्रलोभन…

  • ‘घुम्न जाउँ,
  • म संग रमाईलो गरौँ,
  • मोज गर्नुपर्छ,
  • छोराछोरी र श्रीमान नलिईकन हिँड,
  • तिमी बच्चा जन्माईरहने होला यसले गर्दा तिमी पछाडी प¥यौ’ भन्दै मानसिक यातना दिएको भन्दै उजुरीमा उनीमाथि आरोप लगाइएको थियो ।

२०७४ भदौ २५ मा उनलाई तत्कालिन महानिर्देशक कंशाकारले कारबाही स्वरुप सरुवा गरिदिएका थिए । सामान्य छानविनमा दोषी ठहर भएका अधिकारीलाई गम्भिर प्रकृतिको खराव आचरण देखाएको भन्दै २०७४ भदौ २७ गते तत्कालिन नेतृत्वले छानविनका लागि दशौँ तहको निर्देशकबाट तीन महिनाका लागि निलम्बन गरीएको थियो । तर उनले अदालतसँगको सेटिङका आधारमा आफूलाई कारबाहीबाट जोगिने प्रपञ्च गरेका थिए ।

तर, अदालतबाटै ढाडस पाएपछि उनले फेरी आतंक मच्चाउन थालेका थिए । तर, पीडित कर्मचारीहरुले न्यायको लागि गुहार माग्न नछाडेपछि उनले लेनदेनको आधारमा मुद्दा मिलाएको स्रोत बताउँछ ।

हाल उनै अधिकारी निगमको बोर्ड सञ्चालकको रुपमा आउने खबर फैलिएपछि आम कर्मचारीहरुले फेरी पुरानै घटना दोहोरिन आशंका गरेका छन् ।

हावा कुरा हो म लागेर हुने कुरा होइन : युवराज अधिकारी

यस विषयमा प्रतिक्रिया लिन अधिकारीको मोबाइलमा सम्पर्क गर्दा आफू बोर्ड सदस्य बन्न लागेको विषय हावादारी भएको बताए । ‘यस्तो हावा कुरा कसले भन्यो । म लागेर हुने कुरा हो र ?,’ उनको प्रश्न थियो । स्राेतःदियाेपाेष्टबाट



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment