पछिको अवस्था नहेरी राजीनामा दिदैनौँ : प्रधानमन्त्री

१२ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिको अवस्था नहेरी राजीनामा नगर्ने स्पष्ट पारेका छन् ।

ओली समूहको स्थायी कमिटी बैठकपछि सो पार्टीका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजीनामापछिको अवस्था सुनिश्चित नभइ अहिले राजीनामा नगर्ने स्पष्ट पारे ।

“१७ पटकसम्म प्रधानमन्त्रीका लागि मतदान भएको हामीले भुल्नुहुँदैन । प्रधानमन्त्री र हाम्रा मुलुकमा राजनीतिक स्थायित्व हुन्छ कि हुँदैन भन्ने आधार तयार भएपछि हामी अघि बढ्छौँ,” उनले पत्रकारसँगको कुराकानीमा भने ।

संसदीय दल र केन्द्रीय कमिटीको बैठक तत्कालै बोलाउने निर्णय पनि ओली समूहले गरेको छ ।

संसदीय दलको नेता केपी शर्मा ओली नै रहेकाले ओलीले बोलाउनेबाहेक अरु दलको बैठक हुन नसक्ने जिकिर उनको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment