रणवीरको ‘सर्कस’ मा दीपिका

१२ फागुन, मुम्बई । बलिउड अभिनेता रणवीर सिंह अहिले धेरै फिल्मका कारण चर्चामा छन्। रणवीरको फिल्म ‘सर्कस’ यही वर्ष ३१ डिसेम्बरमा रिलिज हुँदैछ।

ताजा खबरअनुसार रोहित सेट्ठीको यो फिल्ममा रणवीरकी पत्नी तथा अभिनेत्री दीपिका पादुकोण पनि देखिने भएकी छन्। दीपिका र रणवीरले ‘बाजीराव मस्तानी’ र ‘गोलियोंकी रासलीला रामलीला’ मा एकसाथ काम गरिसकेका छन्।

रिपोर्टअनुसार ‘सर्कस’ मा दीपिका एक विशेष डान्स नम्बरमा देखिने छिन्। २०१९ मा रणवीर र दीपिकाको विवाहपछि उनीहरू दोस्रो पटक एकसाथ फिल्ममा देखिन लागेका हुन्।

रोहितद्वारा निर्देशित ‘सर्कस’बाहेक दीपिका ‘८३’ मा पनि रणवीरसँग देखिन लागेकी छन्। यो फिल्मको सुटिङ अहिले मुम्बईमा भइरहेको छ।

दीपिकाले गत साता शुक्रबार, शनिबार र आइतबार तीन दिन यो फिल्मको सुटिङ गरेकी थिइन्। फिल्म रिलायन्स इन्टरटेनमेन्टको ब्यानरमा टी सिरिजको सहयोगमा निर्माण भएको हो। खबरअनुसार रणवीर पहिलो पटक दोहोरो भूमिकामा देखिन लागेका छन्। उनका साथ कोस्टार वरुण शर्मा पनि दोहोरो भूमिकामा देखिने छन्।

फिल्म विलियम शेक्सपियरको नाटक ‘द कमेडी अफ एरर्स’ को रूपान्तरण हो। फिल्ममा दुई जुम्ल्याहा मालिक र जुम्ल्याहा नोकर्नीको कथा छ। फिल्ममा ज्याकलिन फर्नान्डिस, पूजा हेगडे, जोनी लिवर र वरुण शर्मालगायतका कलाकारले अभिनय गरेका छन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment