सर्वोच्च अदालतको फैसला स्वागतयोग्य : कांग्रेस

११ फाल्गुन, काठमाडाैं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेकाे छ ।

सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरेर सर्वोच्चको फैसलाको स्वागत गरेका हुन्।

‘पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले प्रतिनिधिसभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको थियो,’ देउवाले भनेका छन्,

‘कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दवाव दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको थियो ।

नेपाली कांग्रेस विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने गरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ।’



मल्टिमिडिया ग्यालरी

businessdigitalkhabarMain HeadlinesPoliticsshare market
Comments (0)
Add Comment