प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन नागढुङ्गा–नौबिसे सुरुङमार्गको निरिक्षण

१० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन नागढुङ्गा–नौबिसे सुरुङमार्गको निरिक्षण गर्नुभएको छ । आइतबार नागढुङ्गाको दहचोक टुटेपाखा स्थित सुरुङमार्ग निर्माणधिन स्थलमा पुगेर अवलोकन गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेश प्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

जापानी कम्पनी हाज्मोले निर्माण जिम्मा लिएको यस सुरुङमार्गको निरिक्षणमा भौतिक मन्त्री वसन्तकुमार नेम्वाङ पनि गएका थिए गत।

पुसदेखि निर्माण शुरु भएको सुरुङमार्गको आगामी २७ महिनाभित्र पूरा गर्नु पर्ने सम्झौता गरिएको छ ।

भिडियो



मल्टिमिडिया ग्यालरी

digitalkhabarNagdhungatunnel
Comments (0)
Add Comment