शुक्रबार प्रतितोला १ हजार रुपैयाँले घट्यो सुनको मूल्य, यस्तो छ साताको मुल्य

०७ फाल्गुन, काठमाडाैं । नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्य लगातार घटिरहेको छ ।

शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामै १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ ।

नेपाली बजारमा चाँदी आज प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

digitalkhabar
Comments (0)
Add Comment