प्रधानमन्त्री द्धारा आरोही शेर्पालाई शुभकामना तथा विदाइ
०७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरी आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झन्डासहित विदाइ गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा झण्डा हस्तान्तरण गर्दै उहाँले सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिनुभयो । यसका साथै उहाँले आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझावसमेत दिनुभएको छ ।
सन् २००३ देखि हिमाल आरोहण सुरु गर्नुभएकी शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएको छ ।
जसमध्ये उहाँले पाँच वटा हिमालको आरोहण गरिसक्नु भएको छ । शेर्पाले यसअघि तीन पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।