ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाखभन्दा माथिको आवेदन
२६ फागुन, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाखभन्दा माथिको आवेदन परेको छ । यो आइपिओ आवेदनमा नयाँ रेकर्ड हो ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार उक्त इन्स्योरेन्सको आइपीओमा बुधबार साँझसम्ममा उक्त इन्स्योरेन्सको आइपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आइपीओ खरिदको लागि आवेदन परेको छ।
यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी हो ।
कम्पनीले फागुन २१ गते देखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको छ ।
त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।