सुन–चाँदीको भाउ घट्यो
१५ फाल्गुन, काठमाडौं । साताको सुरुको दिन आइतबार सुन–चाँदीको भाउमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८८ हजार ३०० रुपैयाँ कायम गरेको छ । गएको शुक्रबार तोलाको ८८ हजार ८०० मा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको भाउ पनि घटेर तोलाको ८७ हजार ८५० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले झरेर तोलाको १३ सय २५ कायम भएको महासंघले जनाएको छ ।