कारागारबाट भागेका १४ हजार बढी कैदीबन्दीमध्ये आठ हजार फर्किए, छ हजार बढी अझै फरार

१० असाेज, काठमाडौँ । गत भदौ २४ गतेको जेनजी आन्दोलन का क्रममा देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ जना कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन्।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार फर्किएकाहरूमध्ये कारागारबाट भागेका ७ हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेका छन्। यीमध्ये कतिपय कैदीबन्दीहरू आफैँ कारागार फर्किएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो।

विभागका अनुसार, आन्दोलनका क्रममा भागेका कुल कैदीबन्दीमध्ये ६ हजार ४९४ जना अझै फरार छन्। फरार हुनेमा कारागारबाट भागेका ५ हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना रहेका छन्। निर्देशक न्यौपानेले फरार रहेका सबै कैदीबन्दीको खोजी कार्य जारी रहेको बताएका छन्।

भदौ २४ गतेको आन्दोलनका क्रममा कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए। यसबीचमा १० जना कैदीबन्दीको भने मृत्यु भएको छ। कूल ३० हजार ६४६ कैदीबन्दी रहेकामा हाल २३ हजार ४४६ जना कारागारमा रहेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours