भैंसेपाटीका क्षतिग्रस्त मन्त्रीनिवासको २ मन्त्रीद्वारा निरीक्षण

०१ असाेज, काठमाडौँ । सरकारका २ मन्त्रीहरूले जेनजी आन्दोलनमा क्षतिग्रस्त मन्त्रीनिवास निरीक्षण गरेका छन् ।

बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र गृह तथा कानून मन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा ध्वस्त ललितपुरको भैंसेपाटीस्थित मन्त्रीनिवासको निरीक्षण गरेका हुन् ।

जलेका र भत्किएका संरचनाहरू सबैले मिलेर बनाउनपर्ने उनीहरूको भनाइ छ । उनीहरूले बुधबार नै ध्वस्त संसद् भवनको निरीक्षण गरेका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours