गृहमन्त्री अर्यालयको पहिलो निर्णयः राष्ट्रिय शोक मनाउने, मृतकका परिवारलाई एक लाख किरिया खर्च

३० भदौ, काठमाडौँ । सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा एक दिन शोक दिवस मनाउने र राष्ट्रिय झण्डा झुकाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै यस्तो प्रस्ताव गर्दै मन्त्रिपरिषद्को बैठकबाट औपचारि निर्णय गराउने बताएका छन् ।

यस्तै आन्दोलनमा मारिएकाका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाखका दरले रकम दिने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours