अलैँचीको निर्यात दोब्बरले बढ्यो

०६ भदाै, भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा अलैँची निर्यात ९९.५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउन महिनामा ३२ करोड १७ लाख ६१ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो ।

गत एक महिनाको अवधिमा २१६.१५ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए। अघिल्लो आव २०८१/८२ मा १६ करोड १२ लाख ५२ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको उनले बताए।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको साउन महिनामा चिया निर्यात २६.८० प्रतिशतले घटेको छ । सो अवधिमा ३७ करोड ४८ लाख २४ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ५१ करोड २२ लाख ७८ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए। कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरुमा भेनियर सिट ३०.४० प्रतिशत, छुर्पी ९२ प्रतिशत, धातुका अन्य अवशेष शत् प्रतिशत, काउली, ब्रोकाउली र बन्दाकोपी ८९ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी, प्लाइउड ५४.१० प्रतिशत, अदुवा ५७.४० प्रतिशत, अम्रिसो ०.६० प्रतिशतले निर्यातमा कमी आएको छ । मेची भन्सारबाट आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा ३ अर्ब ६९ करोड ४० लाख २३ हजार रुपेयाँको मालवस्तु निर्यात भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours