काठमाडौंमा बैंकिङ कसुरको जाहेरी, बारामा पक्राउ परे अभियुक्त

३० असार, काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले बारामा पक्राउ गरेको छ ।

निजगढ नगरपालिका–१ सिंगौल बस्ने ४३ वर्षीय भरत चौलागाईलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंबाट १८ असारमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । उनलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले निजगढ नगरपालिका–१ सिंगौलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours