काठमाडौँ महानगरको १७औं नगर सभा सुरु

२९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको १७ औं नगर सभा सुरु भएको छ । नगर सभामा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत भइरहेको छ ।

गत शुक्रबार बसेको ४० औं कार्यपालिका बैठकमा मेयर बालेन शाहले आज बजेट प्रस्तुत गर्ने प्रस्ताव गरेका थिए ।

राजस्व परामर्श समितिको बैठकले आगामी वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ। आजको नगर सभामा सोही सीमा भित्रको बजेट प्रस्तुत हुने बताइएको छ ।

संविधान अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने व्यवस्था रहे पनि काठमाडौँ महानगरभित्रको आन्तरिक विवादका कारण बजेट ल्याउन ढिलाइ भएको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours