२९ असार, काठमाडौं। बाढी पहिरो जस्ता विपतहरु सुचना दिएर आउँदैन्, विपद् न्यूनिकरणका लागि पूर्व तयारी नै महत्वपूर्ण हुन्छ । यस्ता घटनाहरुको न्युनीकरण गर्न पुर्व तयारी आवश्यक हुने भन्दै सीताराम डेरी र किर्तीपुर नगरपालिका–४ को समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई शुक्रबार लाइफ ज्याकेट वितरण गरिएको छ ।
नेपालको भौगोलिक अवस्था र्नै पुर्वतयारी योग्य छ । यहाँ पहिरो, बाढि, हिमपात तिनैवटा कुराले जाखिम क्षेत्र मानिन्छ भने यस्तो विपतको समयमा सरक्षाकर्मीलाई उद्धार गर्न सहज वातावरण निर्माण गर्न केडिया फाउण्डेसन तथा सीताराम डेरीले विगत देखीनै उद्धार सामाग्रीहरु सुरक्षा निकायलाई हस्तान्तरण गरिसकेको छ । यो नै उद्धार कार्य सुरक्षित बनाउने पहिलो कदम पनि हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य पुकार मर्हजन, किर्तिपुर नगरपालिका प्रमुख कृष्ण्मान डंगोल, नेपाल स्वास्थ्य स्वयंमसेवीका अध्यक्ष निरकुमारी मर्हजन, वडा नं. ४ का वडाअध्यक्ष राजेन्द्र बानिया, प्रहरी नायव निरीक्षक ओम राणा, सशस्त्र प्रहरी नायव निरीक्षक कमल गिरी तथा नेपाल सशस्त्र प्रहरी विधालयका प्रधानाध्यापक युवराज पराजुली लगायत सशस्त्र प्रहरी जवान सशस्त्र प्रहरी विधालयका विधार्थीहरु, शिक्षक-शिक्षिकाहरुको उपस्थितीमा सुरक्षा निकायलाई लाइफ ज्याकेट हस्तान्तरण गरि कार्यक्रम समापन भएको थियो ।


+ There are no comments
Add yours