आगामी ३ दिन बाढीको जोखिम न्यून

१२ असार, काठमाडौं। आगामी तीन दिन देशका प्रमुख नदीहरूमा बाढीको जोखिम न्युन रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहीबार बिहान जारी गरेको आइतबारसम्मको ‘बाढी पूर्वानुमान बुलेटिन’ मा हरियो रङ लगाइएको छ । हरियोे रङले बाढीको न्यून जोखिम जनाउँछ ।

देशका अधिकांश सानाठूला नदीहरुमा अबका ३ दिन जलसतह घट्दो हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो अवधिमा प्रमुख नदीहरूमा बाढीको जोखिम न्यून रहनेछ ।

आज मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने केही स–साना नहीहरुको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान छ ।

साथै झापा, इलाम, मोरङ, ताप्लेजुङ, संखुवासभा, भोजपुर, सिन्धुली, बारा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, रुकुम पूर्व÷पश्चिम, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिमको पूर्वानूमान छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours