कालो अंगुरको मूल्य घट्यो, किलोको कति ?

०४ असार, काठमाडौं । स्थानीय बजारमा अंगुरको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार अंगुरको भाउ घटेको देखाएको हो ।

बजारमा हरियो र कालो गरी दुई प्रकारका अंगुर पाइन्छन् । आज कालो अंगुरको मूल्य घटेको हो । कालो अंगुरको मूल्य आज बुधबार थोकमा प्रतिकिलो १५ रुपैयाँ घटेको छ ।

मंगलबार कालो अंगुर प्रतिकिलो ३ सय ३५ रुपैयाँमा किनबेच भएको थियो । आज भने कालो अंगुर प्रतिकिलो ३ सय २० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै हरियो अंगुर प्रतिकिलो २ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours