नाडाद्वारा अर्थमन्त्रीलाई अटो शो २०२५ उद्घाटनको निमन्त्रणा

०२ असार, काठमाडौँ । आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधान मन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ । भेटमा नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटनका लागि औपचारिक रुपमा निमन्त्रणा गरेको हो ।

नाडा अटो शो २०२५ को १७ औं संस्करण आउदो भाद्र ३ गते देखि ८ गतेसम्म काठमाडौँको भृकुटी मण्डप परिसरमा हुने भएको छ ।

भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले धेरै समयको अन्तराल पछि नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र नीजिक्षेत्र मैत्री बजेट आएको बताए । छलफलको क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलो पटक सिमरामा सवारी साधन मेनुफेक्चरिङ्ग उद्योग खोल्ने तयारी भईरहेकोले त्यस्ता उद्योगलाई टेवा पुग्ने नीति आउनु पर्ने, यस्ता मेनुफेक्चरिङ्ग उद्योगलाई थप सुविधा उपलब्ध गराउनु पर्ने र नीतिमा स्थिरता ल्याउनका लागि आग्रह गरे ।

छलफलको अन्त्यमा अर्थमन्त्री पौडेलले नाडाको राखेको उक्त आग्रहलाई सहर्ष स्वीकार गर्दे नेपालका अटोमोवाइल व्यवसायीहरुले धेरै भन्दा धेरै राजश्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नु पर्ने बताए । छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours