‘डिशहोम इन्टरनेट’को ब्रान्ड एम्बेसेडर बनिन् अभिनेत्री दिव्या रायमाझी

१४ जेठ, काठमाडौँ । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक डिशहोम ईन्टरनेटले अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ। DishHome को कर्पोरेट कार्यालय, भैँसेपाटीमा आयोजित एक कार्यक्रमबिच ब्रान्ड एम्बेसेडर सम्झौता भएको हो ।

उक्त सम्झौतामा डिशहोम ईन्टरनेटको तर्फबाट मुख्य बजार अधिकृत (CMO) संजय प्रसाद राजभण्डारी र दिव्या रायमाझीले हस्ताक्षर गरे।

चलचित्र क्षेत्रको नयाँ पुस्ताबाट उदाउँदै गरेकी रायमाझीको ताजगीपूर्ण छवि, युवामाझको लोकप्रियता र डिजिटल यात्राप्रतिको सरोकारलाई डिशहोम ईन्टरनेटले आफ्नो ब्रान्ड दृष्टिकोणसँग आत्मसाथ गरेको हो।

सो अवसरमा CMO राजभण्डारीले भने, “हामी डिजिटल कनेक्टिभिटीलाई केवल प्रविधिमा सीमित नगरी, यो पुस्ताको प्रेरणासँग पनि जोड्ने प्रयासमा छौँ। दिव्या रायमाझी युवाको आवाज, आत्मविश्वास र डिजिटल भविष्यको प्रतीक हुन्। उनीसँगको सहकार्यले हामीलाई नयाँ पुस्तासँग अझ सशक्त रूपमा जोड्न मद्दत पुर्‍याउनेछ।”

त्यस्तै, दिव्या रायमाझीले प्रतिक्रिया दिँदै भनिन् “डिशहोम ईन्टरनेट जस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि गौरवको विषय हो। यो सहकार्य केवल एउटा ब्रान्डसँगको सम्बन्ध मात्र होइन, लाखौँ नेपालीसँगको डिजिटल यात्राको सुरुवात पनि हो।”

डिशहोम ईन्टरनेटले हाल ३ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई उच्चगतिको इन्टरनेट सेवा दिइरहेको छ र ‘माई डिशहोम’ मोबाइल एपमार्फत ग्राहक सेवालाई थप स्मार्ट र सहज बनाएको छ।

उक्त सहकार्यमार्फत डिशहोम ईन्टरनेटले युवा पुस्तासँगको सम्बन्ध अझ सुदृढ गर्ने, र डिजिटल कनेक्टिभिटीलाई जनस्तरसम्म पुर्‍याउने दीर्घकालीन लक्ष्यलाई मजबुत बनाउने उद्देश्य लिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours