०१ जेठ, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउमा गिरावट आएको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार बिहीबार गोलभेँडाको भाउमा गिरावट आएको हो ।
आज लोकल सानो गोलभेँडा थोकमा प्रतिकिलो ३० रुपैयाँ घटेको छ । बुधबार प्रतिकिलो ८० रुपैयाँमा किनबेच भएको लोकल सानो गोलभेँडाको भाउ आज ५० रुपैयाँ कायम छ ।
यस्तै टनेलको सानो गोलभेँडाको भाउ प्रतिकिलो २७ रुपैयाँ घटेको छ । आज टनेलको सानो गोलभेँडाको भाउ प्रतिकिलो ५७ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार टनेलको सानो गोलभेँडा प्रतिकिलो ८५ रुपैयाँ थियो।
तराई सानो गोलभेँडाको भाउ प्रतिकिलो हिजोको तुलनामा आज २५ रुपैयाँ घटेको छ । बुधबार प्रतिकिलो ८० रुपैयाँमा किनबेच भएको तराई सानो गोलभेँडाको भाउ आज ५५ रुपैयाँ कायम छ ।


+ There are no comments
Add yours