हरियो भटमासको भाउ घट्यो

३० वैशाख, काठमाडौं । स्थानीय बजारमा हरियो भटमासको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार हरियो भटमासको भाउ घटेको देखाएको हो ।

आज मंगलबार हरियो भटमासको भाउ थोकमा प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार हरियो भटमास किलोको १ सय २६ रुपैयाँमा किनबेच भएको थियो । हिजोको तुलनामा आज हरियो भटमास किलोमा ३१ रुपैयाँ घटेको हो ।

वैशाख पहिलो साता हरियो भटमास प्रतिकिलो १ सय ८० देखि २ सय रुपैयाँसम्म किनबेच भएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours