सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

१७ वैशाख, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य सामान्य घटेको छ । बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला चाँदी १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३०७.७८ अमेरिकी डलर र चाँदी ३२.७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours