आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

२४ माघ, काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको करसहित ९.७३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । २९ करोठ ४९ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।

नियामक निकाय बीमा प्राधिकरण र आगामी साधारणसभाले स्वीकृत गरेपछि लाभांश प्रदान हुनेछ । बुधबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६०४ रुपैयाँ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours