Advertisement

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले लिए शपथ

0 3

Advertisement

२९ जेठ, काठमाडौं । छिमेकी देश भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले सिक्किमको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि शपथ लिएका हुन् ।

गान्तोकको पालजोर स्टेडियममा भएको शपथ ग्रहण समारोहमा गोलेलाई सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । उनीसँगै मन्त्री परिषद्का ११ जना मन्त्रीहरुले पनि शपथ लिएका छन् ।

विधायक सोनाम लामा, अरुणकुमार उप्रेती, साम्दुप लेप्चा, भीमहाङ लिम्बू, भोजराज राई, जीटी ढुंगेल, पुरनकुमार गुरुङ, पिन्ट्सो नामग्याल लेप्चा, नर बहादुर दहाल, राजु बस्नेत र छिरिङ थेण्डुप भुटियाले मन्त्रीका रुपमा शपथ ग्रहण गरे ।

सिक्किममा गत १९ अप्रेल २०२४ मा सम्पन्न विधानसभा चुनावमा गोलेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले ३२ सिटमध्ये ३१ सिटमा जीत हासिल गरेपछि गोलेको नेतृत्वमा नयाँ सरकार गठन भएको थिया ।

शपथग्रहणपछि बोल्दै मुख्यमन्त्री गोलेले आफू सरकारमा आएपछि सिक्किम–नेपालको सम्बन्ध बिस्तार गर्न धेरै पहलहरु भएको बताए । उनले चिवा भञ्ज्याङ् सीमालाई सुचारु गराउन सिक्किम तर्फको सडक निर्माण लगायतमा कामहरु बाँकी रहेको बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.