Advertisement

सुपर ८ मा स्थान बनाउन आतुर अष्ट्रेलिया

0 11

Advertisement

२९ जेठ, काठमाडौं । टी–२० विश्वकपमा इंग्ल्याण्ड, पाकिस्तान, श्रीलंका जस्ता ठूलो टिम संघर्षरत छन्, न्यूजिल्याण्डको पनि सुरुवात राम्रो रहेन ।

तर आफ्नो पहिलो खेलमा ओमानविरुद्ध सुरुवाती केही ओभरलाई छाड्ने हो भने अष्ट्रेलियाले शानदार प्रदर्शन गरिरहेको छ ।

इंग्ल्याण्डविरुद्ध ब्याटिङ प्रदर्शन त उत्कृष्ट टिम संयोजन थियो, जसमा टिमको स्कोर २०१ रन हुँदा व्यक्तिगत सर्वाधिक रन ३९ थियो । अनि सर्वाधिक कम स्ट्राइकर रेट ग्लेन म्याक्सवेलको ११२ थियो ।

भोलि बिहीबार बिहान हुुने खेलमा नामिबियालाई हरायो भने अन्तिम खेल अगाडि नै सुपर ८ मा पुग्नेछ । दुई टिम औपचारिक खेलमा सन् २००३ को एकदिवसीय विश्वकपमा भिडेका थिए, जसमा अष्ट्रेलियाले २५६ रनको जित निकालेको थियो ।

टी–२० विश्वकप अगाडि वार्मअप म्याच भयो, त्यो पनि अष्ट्रेलियाले सहजै जित्यो । नामिबियालाई ११९/९ मा रोकेको अष्ट्रेलियाले मात्र १० ओभरमा ३ विकेट गुमाएर जित निकालेको थियो ।

यो खेलमा प्रशिक्षक एन्ड्र्यू म्याकडोनाल्ड र अष्ट्रेलियाले खेलाडीहरूलाई पालो दिनुको साटो आफ्नो उत्कृष्ट टिमलाई नै खेलाउने सम्भावना छ ।

किनकि समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध खेल्दा सुपर एटमा पुग्नुपर्ने दबाब नहोस् ।

लामो ब्रेकपछि टिममा फर्किएका एडम जाम्पा निकै लयमा देखिएका छन् ।

उनले दुवै इनिङमा २–२ विकेट लिएका छन् । इंल्ग्याण्डविरुद्ध उनी महत्त्वपूर्ण एक थिए ।

उनले आफ्नो पहिलो बलमा नै फिल साल्टलाई आउट गरेका थिए । ह्वाइट बलमा अष्ट्रेलियाका सफल क्रिकेटर बनेका जाम्पा टी–२० आईमा १०० विकेटका लागि चार विकेट मात्र टाढा छन् ।

नामिबियाले अहिलेसम्म टिममा एक परिर्वतन गरेको छ, माइकल भान लिङ्ग्नेको स्थानमा जेपी कोट्जे । तर दुवै पहिलो ओभरमा शून्यमै आउट भएका छन् ।

बायाँ हाते स्पीनर बर्नार्ड शोल्टजले नामिबियाको दुवै खेलमा अविश्वसनीय प्रदर्शन गरेका छन् । स्कटल्याण्डलाई दबाबमा राख्न उनले ठूलो भूमिका खेलेका थिए । दुवै खेलमा २० रन दिएर एक विकेट लिएका उनले ८ ओभरमा एक चौका र एक छक्का खाएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.