Advertisement

कुमारी बैंककोे साढे ५ लाख कित्ता सेयर बिक्रीमा

0 10

Advertisement

२९ जेठ, काठमाडाैं । कुमारी बैंक लिमिटेडले ५ लाख ८१ हजार २५१ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले आजदेखि असार ४ गतेसम्म कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् । शेयरको न्युनतम मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको छ । जसअनुसार १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीदको लागि आवेदन दिन चाहेमा भिन्दाभिन्दै शिलबन्दी खाम भित्र आवेदन दिनुपर्नेछ । बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कबुल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको व्यहोरालाई मान्यता दिइनेछ ।

बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्यूनतम एक लाख कित्ताको लागि आवेदन दिनुपर्नेछ भने सो भन्दा बढीको लागि १,००० को गुणानमा वा सम्पूर्ण कित्ता खरिदको लागि आवेदन दिन पाउनेछन् । तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनि तोकेको सीमाको अधिनमा रहने गरी अधिकत्तम ५ लाख ८१ हजार २५१ कित्ताका लागि आवेदन दिन सकिने छ । आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नं. आवेदन फाराममा उल्लेख गर्नुपर्ने बैंकले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.