Advertisement

विद्यार्थीहरु किन देख्दैनन् देशमा भविष्य ?

0 543

Advertisement

विकाश यादब

विकाश यादव

२९ जेठ, काठमााडाैं ।
एउटा लामो समयको झरिपछि, मैले चिनिरहेको एक त्रिभुवन विश्वविद्यालयका एक प्रोफेसर संग एक्कासी पुतलीसडकमा भेट भयो । सर सानैदेखि देशमै बस्छु, देशमै पढाउँछु, देशमै केही गर्छु भन्दै हिड्ने आज मैले GRE क्लासबाट फर्किदै गरेको भेटे। म अचम्ममा परे र मैले सोधे “सर तपाई त यतैतिर बस्ने विदेश नजाने भन्नु हुन्थ्यो तर आज ?”

सर हाँस्दै भन्नुभयो ” भनेको जस्तै र सोचेको जस्तो नहुने रहेछ बाबु “। रहर अझैं पनि छ देशमै बसु, देशकै सहयोग गरु तर बाध्यता र देशको महंगीले गर्दा देशमा मेरो भविष्य देख्न सकिन्न , भन्दै अमिलो हुनुभयो ।

सर भाबुक हुँदै आर्को एउटा एउटा कुरा के भन्नु भयो भने ! हेर बाबु , नेपालको सन्दर्भमा नियालेर हेर्दा सब भन्दा ठूलो उच्च तह ‘Professor’ को मासिक तलब रु ५४,८४८/- रहेको छ। एउटा काठमाडौं जस्ताे सहरमा एक परिवारलाई पाल्न र २ बच्चालाई पढाउन कम्सेकम रु ६0,000/- लाग्दोरहेछ ।

मैले केही बेर पछि केही कोशिश गरेको भए हुन्थ्यो कि देशमै अरु केही त विकल्प होईन होला र ?

सर भन्नुहुन्छ,” कोशिश गरेर के काम जहाँ यस्तो पढाइको value नबुझेपछि। म भन्दा ठूला दाई, दिदीहरूले हेर्दा हेर्दै MSC गरेपछि यो देशमा सफल र सुरक्षित नभएर आज अमेरिकामा रहेको NASA जस्तामा काम गरेर साथसाथै उच्च शिक्षा PHD गर्दै महिनाको लगभग ने रु:- 4 लाख आफ्नो परिवारको लागि पठाउँदैछन् ।

म त केही बोल्न सकेन तर मनमा धेरै प्रश्नहरू उब्जिए”।

के मेरो पनि भविष्य त्रिभुवन विश्वविद्यालय भित्रिने सपना त्यागेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रिने मात्र विकल्प हो र ?

यो देशमा केहि गर्न सकिन ?
यति केही गर्न प्रयास गरियो भने म पनि असफल हुन्छु र ?
मेरो पनि समय र धनको नाश मात्रै हुने हो ?
के साच्चै अरु देशले अन्तरिक्षमा यान पठाउँछ भन्ने कुरा १००% साँचो हो ?

तसर्थ पनि हाम्रो देशको सरकार र शिक्षा प्रणाली के गर्दै होलान् !……

विकाश यादव



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.