Advertisement

मंगलबार सुन-चाँदीको भाउ कति ?

0 5

Advertisement

२९जेठ, काठमाडाैं । सुनको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला चार हजार रुपैयाँले घटेको सुनको भाउ सोमबार र मंगलबार स्थिर रहेको हो ।

साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुनको भाउ १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३०१ दशमलव ७९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर २१ पैसामा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.